अलग राज्यको मागमा केपीपी-द्वारा रेल रोकौँ आन्दोलन

मैनागढी : अलग राज्यको मागमा कामतापुर पिपल्स पार्टी-ले उत्तरबंगभरिमै रेल रोकौँ आन्दोलन शुरू गरेको छ। आन्दोलनकारीहरूले आज बिहान जलपाईगढीको मैनागढी स्टेसनमा रेल रोकौँ कार्यक्रम गरे। यस अवधि आन्दोलनकारीहरूले रेल लाइनमा बसेर कञ्चनजङ्घा एक्सप्रेस रोकेर राखेको बताइएको छ। कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर स्टेसनमा विशाल पुलिस वाहिनी तैनाथ गरिएको थियो। रेल रोकौँ आन्दोलनले गर्दा ट्रेनहरूको चलाचल बन्द रहेकोले यात्रीहरूलाई निक्कै असुविधा भएको देखियो। कामतापुर पिपल्स पार्टी-को रेल रोकौँ आन्दोलनले गर्दा आज विभिन्न स्टेसनमा प्यासेन्जर ट्रेन लगायत माल वाहक ट्रेनहरू रोकिएको बताइएको छ। यसभन्दा अघिदेखि नै कामतापुर पिपल्स पार्टीले उत्तर बंगाललाई अलग राज्य घोषणा गरिनुपर्ने मागमा आन्दोलन गर्दै आइरहेको छ। तथापि, आन्दोलनकारीहरू केही समयपछि उक्त रेलवे ट्र्याकबाट हटेपछि रेलहरूको चलाचल सुचारू रूपमा सम्पन्न भयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *