अलग राज्य नभएर पहाडको चौतर्फी विकास आफूहरूको मुख्य लक्ष्य हो : विनय तामाङ

सिलगढी : जीटीएको पूर्व चेयरम्यान विनय तामाङ तृणमूल कङ्ग्रेसमा सामेल भएपछि आज सिलगढी आइपुगेपछि पत्रकारहरूलाई सम्बोधन गर्दै भने, भाजपाले दार्जिलिङ पहाडका मानिसहरूलाई गोर्खाल्याण्डको प्रलोभन देखाएर केवल भोट हत्याएको आरोप लगाए। पीपीएसबारे पत्रकारहरूले प्रश्न गर्दा तिनले यो भाजपा, गोरामुमो र गठबन्धन दलको मुद्दा रहेको भन्दै यसबारे कुनै प्रकारको टीका टिप्पणी नगर्ने बताए। तिनी आज एनजेपी स्टेसनमा आइपुगेपछि पहाड-समतलका तृणमूल कङ्ग्रेसका कार्यकर्ता तथा समर्थकहरूले तिनलाई भव्य स्वागत जनाए। यसपछि तिनी सोझै एनजेपी आईएनटीटीयुसी कार्यालयमा पुगेर पत्रकारहरूलाई सम्बोधन गर्दै भने, पहाडको मानिसहरूको विकासको लागि काम गर्नु आफूहरूको मूल्य लक्ष्य रहेको बताए। दार्जिलिङ पहाडको विकासको लागि बिमल गुरूङसित मिलेर कार्य गर्ने तिनले बताए। भाजपाले अलग राज्य गोर्खाल्याण्डको नाममा पहाडका जनताहरूलाई ठगिरहेको छ। तर अब पहाडको जनताले भाजपाको उद्देश्य बुझिसकेकोले गर्दा तिनीहरूले अलग राज्य नभएर पहाडको चौतर्फी विकास चाहेकोले राज्य सरकारको सहयोगमा मात्र यो कार्य सम्भव रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *