अल्बर्ट तिर्कीको स्मरणमा फुटबल प्रतियोगिता

सिलगढी: फुटबलको मैदानमा गोल किप्परको रूपमा आफ्नो अगलै पहिचान बनाउने अल्बर्ट तिर्कीको गत केही दिन अघि सडक दुर्घटनामा निधन भएपछि तिनको स्मरणमा युनाइटेड नर्थ बंगाल प्लेयर एकेडमी एण्ड क्लबको पहलमा नर्थ बंगालको विभिन्न क्लबलाई लिएर फुटबल प्रतियोगिताको आयोजना गरियो। उक्त फुटबाल प्रतियोगिताको उद्घाटन डा. सप्तर्षी घोषले गरे उक्त फुटबल प्रतियोगितामा सिलगढी, कालेबुङ, खरसाङ, दार्जिलिङ, सिक्किम सहित विभिन्न स्थानका मोठ 16 वटा टीमले अंश ग्रहण गरेको थियो। उक्त प्रतियोगिताको आयोजना गर्नुको मुख्य उद्देश्य मृतक अल्बर्ट तिर्कीलाई स्मरण गर्नु साथै यस प्रतियोगिताबाट एकत्रित भएको रूपियाँ अल्बर्ट तिर्कीको परिवारलाई दिइने भएको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *