अलिपुरद्वारमा आगलागी हुँदा 4 वटा दोकानहरू जलेर स्वाहा

अलिपुरद्वार : अलिपुरद्वारको डिस्ट्रिक मोड अन्तर्गत पर्ने हेमिल्टनगञ्ज पञ्च मोड इलाकामा आगलागी हुँदा 4 वटा दोकानहरू जलेर खरानी भएको छ। स्थानीय मानिसहरूले आगलागीबारे अग्निशमन विभागलाई खबर दिएपछि दमकलको इञ्जिन घटनास्थलमा पुगेर धेरै समयको प्रयासपछि आगोलाई नियन्त्रणमा ल्याइएको बताइएको छ। तथापि, उक्त आगलागीको सटीक कारण हालसम्म थाहा लागेको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *