अलिपुरद्वार अग्निकाण्डमा दुईवटा दोकान जलेर भष्म

अलिपुरद्वार : अलिपुरद्वारको लिचुतला संलग्न इलाकामा लागेको भयावह अग्निकाण्डमा दुईवटा दोकान जलेर भष्म भएको छ। प्राप्त जानकारी अनुसार, आज बिहानै स्थानीय मानिसहरूले उक्त दोकानबाट धुँवा निक्लिइँदै गरेको देखे अनि यसपछि हेर्दा-हेर्दै दोकान आगोको चपेटमा परेर भयावह रूप धारण गऱ्यो। घटनाको जानकारी पाउन साथ दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर दमकल कर्मीहरूको अथक प्रयासपछि आगोलाई नियन्त्रणमा ल्याइयो। प्राथमिक अनुमान अनुसार शर्ट सर्किटको कारणले उक्त आगलागीको घटना भएको हुन सक्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *