अलिपुरद्वारमा अधिक वर्षाले जनजीवन अस्त-व्यस्त

अलिपुरद्वार : गत रातिदेखि लगातार परेको पानीले अलिपुरद्वार जिल्लामा जनजीवन अस्त-व्यस्त भएको छ। आज बिहानैदेखि अलिपुरद्वार जिल्लामा अत्याधिक वर्षा शुरू भएको छ भने गत 24 घण्टामा 101.40 मिमी वर्षा भएको बताइएको छ। अत्याधिक वर्षको कारण यहाँ प्रत्येक नदीको जल स्तर बढेको छ। कुमारग्राम, शामुकतला, कालचिनी, हाँसीमारा, मदारीहाट, फालाकाटा लगायत विभिन्न ठाउँहरूमा अत्याधिक वर्षाको कारण पानी जम्नाले मानिसहरू समस्यामा परेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *