अलिपुरद्वार भोलारडाबरीको जलमग्न रहेको चुनाउ बुथमा मतदान गर्नको लागि पालो पर्खिँदै मतदाताहरू

अलिपुरद्वार : मतदान केन्द्र जलमग्न भएपछि मतदाताहरू पानीको पर्वाह नगरी उत्साहित बनेर आज बिहानैदेखि मतदान गर्नको लागि मतदान केन्द्रमा लाइनमा उभिरहेको देखियो। अलिपुरद्वारको 1 नम्बर ब्लक अन्तर्गत भोलारडाबरी दमनपुर प्राथमिक विद्यालयको प्राङ्गणमा यस प्रकारको दृश्य देखियो। प्राप्त जानकारी गत रातभरि परेको पानीले विद्यालय प्राङ्गणमा रहेको मतदान केन्द्र जलमग्न बनेको छ। उक्त मतदान केन्द्रमा 12/163 र 12/164 नम्बर बुथको मतदान चलिरहेको छ। जल निकासी व्यवस्था नरहेकोले गर्दा उक्त इलाका जलमग्न बनेको बताइएको छ। मतदाताहरू बाध्य भएर आज बिहानैदेखि लाइनमा उभिएर मतदान गरिरहेका छन्। आज बिहानैदेखि यस्तो परिस्थिति रहे तापनि सेक्टर अफिसर देखा नपरेको आरोप रहेको छ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *