अलिपुरद्वार गोलीकाण्डको आरोपी पक्राउ

अलिपुरद्वार : अलिपुरद्वार गोलीकाण्ड घटनामा पुलिसले विप्लव बसाक नामक एकजना व्यक्तिलाई पक्राउ गरेको छ। आरोपी विप्लवलाई आज अलिपुरद्वार अदालतमा पेश गरेपछि 10 दिनको पुलिस हिरासतमा पठाएको छ। पुलिस अधीक्षक अमिताभ माइतीले आज पत्रकार सम्मेलनको माध्यमद्वारा यसबारे जानकारी गराए। स्मरण रहोस्, गत 23 जनवरीको दिन अलिपुरद्वारको अरविन्दपल्ली इलाकामा विप्लव बसाकले बापी पण्डितलाई गोली ठोकेर हत्या गरेको आरोप रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *