अलिपुरद्वार जिल्लाको विभिन्न नदी घाटमा करम पुजा विसर्जन

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको डीमा, बसरा, मधु लगायत विभिन्न नदी घाटहरूमा आज बिहानैदेखि करम पुजाको विसर्जन शुरू भएको छ। डुवर्सको आदिवासी समुदायका मानिसहरूको महत्वपूर्व पर्व करम पुजा हो। हिजो साँझदेखि करम पुजा शुरू भएपछि रातभरिनै विभिन्न कार्यक्रमको आयोजना गरियो। आज बिहानैदेखि डुवर्सको विभिन्न नदीहरूमा करम पुजाको विसर्जन गरियो। आदिवासी समुदायका मानिसहरू धमसा, मादलको तालमा नाँच्दै पुजा विसर्जनमा सामेल भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *