अलिपुरद्वार जिल्लाको चियाकमानमा बन्दको देखिएन प्रभाव

अलिपुरद्वार : वामफ्रन्टले बोलाएको 12 घण्टा बन्दको अलिपुरद्वार जिल्लाको  चियाकमानमा कुनै प्रभाव देखिएन। अलिपुरद्वार जिल्लाको विभिन्न चियाकमानहरूमा आज बिहानैदेखि सदा झैँ श्रमिकहरूले काम गरिरहेका थिए भने अन्य दिनको तुलनामा आज कमानमा श्रमिकहरूको संख्या अधिक रहेको थियो। अलिरपुरद्वार जिल्लाको कालचिनी चियाकमानका एकजना श्रमिकले बताएअनुसार कमानमा काम सामान्य रूपमा चलिरहेको साथै आज सबै श्रमिकहरू काममा आएका छन्। काम बन्द राख्नाले हामीहरूलाई कुनै फाइदा नहुने बताउँदै हामीहरूले यदि काम नगरे घरमा चुल्हा जल्ने छैन भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *