अलिपुरद्वारको दक्षिण लताबारीमा हात्तीले ताण्डव मच्चाएर फसलहरू नष्ट

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको दक्षिण लताबारी इलाकामा जङ्गली हात्तीले लगातार ताण्डव मच्चाइरहेकोले गर्दा स्थानीय मानिसहरू आतङ्कित बन्न पुगेका छन्। प्राप्त जानकारीअनुसार गत राति बक्सा जङ्गलबाट एक दल हात्ती निस्केर दक्षिण लताबारी इलाकामा प्रवेश गरेर व्यापक ताण्डव मच्चाएर सबै फसलहरू नष्ट पारिदिएको बताइएको छ। स्थानीय मानिसहरूले उक्त हात्तीको झुण्डलाई जङ्गलतिर लखेट्ने प्रयास गरे। यसपछि निमती रेञ्जका अधिकारी तथा वनकर्मीहरू घटनास्थलमा पुगेर धेरै घण्टाको प्रयासपछि उक्त जङ्गली हात्तीको झुण्डलाई जङ्गलतिर लखेटेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *