अलिपुरद्वार जिल्लामा बन्दको मिश्रित प्रभाव

अलिपुरद्वार :  केन्द्रीय ट्रेड युनियनले डाकेको दुई दिने बन्दको अलिपुरद्वार जिल्लामा मिश्रित प्रभाव देखापर्यो। आज बिहानैदेखि बन्द समर्थकहरूले अलिपुरद्वार सहरको चौपथी इलाकामा पिकेटिङ गरे। बन्द अवधि यहाँको सडकहरूमा गैर सरकारी बसहरूको चलाचल बन्द रहे तापनि सरकारी बसहरूको चलाचल स्वभाविक देखियो। अर्कोतिर, अलिपुरद्वार जिल्लाको फालाकाटामा समर्थनकारीहरूले बन्दको समर्थनमा एउटा र्‍याली पनि निकाले। यहाँको सडकहरूमा सरकारी बसहरू चलाचल गरे तापनि गैर सरकारी बसहरूको चलाचल बन्द रहेको बताइएको छ। अलिपुरद्वार जिल्लाको हेमिल्टनगञ्ज, कालचिनी, मदारीहाट लगायत अन्य ठाउँमा बन्दको मिश्रित प्रभाव देखापर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *