अलिपुरद्वार जिल्ला महिला तृणमूलद्वारा कार्यशालाको आयोजना

अलिपुरद्वार : महिला तृणमूल कांग्रेसको अलिपुरद्वार जिल्ला कमिटीको आयोजनामा फालाकाटाको कम्युनिटी हलमा एउटा राजनीतिक कार्यशालाको आयोजना गरियो। उक्त कार्यशालामा राज्य महिला तृणमूल कांग्रेसकी सभा नेत्री तथा राज्यकी मन्त्री चन्द्रिमा भट्टाचार्य मुख्य रूपमा उपस्थित थिइन्। कार्यशालामा आफ्नो वक्तव्य राख्दै चन्द्रिमा भट्टाचार्यले शिशु तथा नारी कल्याण क्षेत्रमा राज्य सरकारले गरेको कार्यहरूबारे तिनले उल्लेख गर्दै सीएए र एनआरसी-लाई लिएर केन्द्र सरकारको तीव्र निन्दा पनि गरिन्। उक्त कार्यशालामा अलिपुरद्वार जिल्ला तृणमूल कांग्रेस अध्यक्ष मृदुल गोस्वामीलगायत तृणमूल कांग्रेसका 13 सांगठनिक अञ्चलका महिला सदस्याहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *