अलिपुरद्वार जिल्ला सदर अस्पतालमा अक्सिजन प्लान्टको लागि जडान कार्य जारी

अलिपुरद्वार : अक्सिजनको कमी दूर गर्ने उद्देश्य लिएर अलिपुरद्वार जिल्ला सदर अस्पतालमा अक्सिजन प्लान्ट लगाइरहेको छ। यस प्लान्टको माध्यमद्वारा रोगीहरूको बेडसम्म अक्सिजन लैजानको लागि एउटा पाइप लाइन पनि स्थापित गरिएक छ। बेडमा रहेका रोगीहरूले उक्त पाइप लाइनको माध्यमद्वारा अक्सिजन पाउनेछन्। उक्त परियोजनामा 60 लाख रुपियाँ खर्च गरिइने भएको छ। अलिपुरद्वार जिल्ला अस्पतालका अधीक्षक चिन्मय बर्मनले बताएअनुसार यस परियोजना मार्फत् रोगीहरू, चिकित्सक र नर्सहरूलाई फाइदा हुनेछ। अस्पतालमा अक्सिजन प्लान्टसितै रोगीहरूको बेडसम्म एउटा पाइप लाइन हुनेछ। कोरोना संक्रमितहरूको बेडमा अक्सिजनको पाइप लाइन जोडिएको साथै अन्य वार्डहरूमा पनि अक्सिजनको पाइप लाइन जोडिने तिनले बताए। एजेन्सीलाई चाँडोभन्दा चाँडो यसको कार्य पुरा गर्ने निर्देश दिएको छ भने जिल्ला अस्पतालको जरूरी विभागको ठिक पछिल्तिर अक्सिजन प्लान्ट लगाउने कार्य चलिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *