अलिपुरद्वार जिल्ला तृणमूल नेताहरूद्वारा ‘बांग्ला निजेर मेयेकेई चाई’-को प्रचार

अलिपुरद्वार : अलिपुरद्वार जिल्ला तृणमूल नेताहरूले आज अलिपुरद्वार जिल्ला कार्यालयमा बांग्ला निजेर मेयेकेई चाई‘  (बंगाल आफ्नो छोरीलाई चाहन्छ)-को प्रचार गरे। तृणमूल जिल्ला अध्यक्ष मृदुल गोस्वामीले आज अलिपुरद्वार कलेज हाल्ट इलाकामा तृणमूलको जिल्ला कार्यालयमा एउटा पत्रकार सम्मेलनमा आधिकारिक रूपमा यसको घोषणा गरे। जिल्ला अध्यक्ष मृदुल गोस्वामीले बंगाल बारम्बार वञ्चितको शिकार भइरहेकोले गर्दा आगामी विधानसभा चुनाउमा जिल्ला तृणमूलले बांग्ला निजेर मेयेकेई चाई नाराको साथमा अघि बढ्न चाहेको बताए। यस अवसरमा मृदुल गोस्वामी, अलिपुरद्वारका विधायक तथा जिल्ला प्रवक्ता सौरव चक्रवर्ती र तृणमूल छात्र परिषदका अध्यक्ष समीर घोष लगायत अन्य नेताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *