अलिपुरद्वारका भाजपा सांसद जोन बारला र सांसद सौमित्र खाँ विरुद्ध कुमारग्राम थानामा अभियोग दर्ता

कुमारग्राम : अलिपुरद्वारका भाजपा सांसद जोन बारलाले गत केही दिन अघि एउटा पत्रकार सम्मेलन गरेर उत्तर बंगाललाई अलग राज्य गठन गर्नु पर्ने बयान दिएका थिए भने उक्त बयानलाई तृणमूलका केही शीर्ष नेतृत्वहरूले विरोध गर्दै आइरहेको छ। यसवाहेक, बंगालको भाजपाका केही शीर्ष नेताहरूले समेत यसलाई लिएर आपत्ति जनाउँदै बंगाल विभाजन गर्ने भाजपाको हाल कुनै योजना नरहेको दावी गर्दै आइरहेको छ। यसैबीच, बिष्णुपुरका सांसद सौमित्र खाँले जोन बारलाको बयानलाई समर्थन गर्नको साथै जंगल महललगायत अन्य क्षेत्रहरूलाई मिलाएर अलग राज्य गठन गर्नु पर्ने बयान दिएका छन्।


भाजपा नेताहरूको यस प्रकारको बयानको कुमारग्राम ब्लक तृणमूल युवा कङ्ग्रेसले विरोध जनाउँदै आज अलिपुरद्वारका भाजपा सांसद जोन बारला र बिष्णुपुरका सांसद सौमित्र खां विरुद कुमारग्राम थानाका आईसी बासुदेव सरकारलाई भेटेर मामिला दर्ता गरिएको बताइएको छ। आज उक्त कार्यक्रममा तृणमूल कङ्ग्रेसका जिल्ला तथा ब्लक नेताहरु उपस्थित थिए। यस अवसरमा युवा तृणमूल ब्लक सभापति कमल धरले बताए अनुसार भाजपा सांसदहरुले पश्चिम बंगालको शान्त माहौललाई अशान्त पर्ने कोशिश गर्दैछन् र त्यसैले गर्दा आज तिनीहरूको विरोधमा मामिला दर्ता गरेको हो। कही दिन अघि पनि कुमारग्राम तृणमूल कङ्ग्रेसको तर्फबाट बरोबिशामा ती भाजपा नेताहरूको पुतला दहन गरेर विरोध जनाइसकेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *