अलिपुरद्वारका सौहार्द भट्टाचार्य उच्च माध्यमिकमा नवौँ स्थानमा

अलिपुरद्वार : अलिपुरद्वार म्याक विलियम हाई स्कुलका छात्र सौहार्द भट्टाचार्यले उच्च माध्यमिक परीक्षामा 490 अङ्क प्राप्त गरेर राज्यभरिमै नवौँ स्थान ओगटेको छ। सौहार्द भट्टाचार्य अलिपुरद्वारको नेताजीपाड़ा निवासी हुन्। तिनको सफलतामा परिवारमा खुशीको लहर छाएको छ। तिनको बाबु अशोकतरू भट्टाचार्यको चार वर्ष अघि निधन भएको थियो। तिनी म्याक विलियम हाई स्कुलका शिक्षक थिए। सौहार्द भट्टाचार्यले बताएअनुसार मैले शिक्षकहरूको मार्ग दर्शनमा आफ्नो पढाई गरे। भविष्यमा डाक्टर बन्ने इच्छा रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *