अलिपुरद्वारको आवासीय इलाकामा बाइसनको ताण्डव

अलिपुरद्वार: अलिपुरद्वारको उत्तर कामसिङ गाउँमा आज बिहान एउटा बाइसनले ताण्डव मच्चायो। प्राप्त जानकारी अनुसार आज बिहान एउटा बाइसन आवासीय इलाकामा पस्यो। स्थानीय मानिसहरूले उक्त बाइसनको पछि गर्दा पहिला बाइसनले एउटा बाँसको झाड़ीमा शरण लिएपछि मथुराको चियाकमान गएको बताइएको छ। यसपछि घटनाबारे वन विभागलाई खबर दिएपछि जलदापाड़ा वन विभागको चिलपाता रेञ्जका वनकर्मीहरू घटनास्थलमा पुगेर ट्रान्क्विलाइजरको सहयोगमा बाइसनलाई आफ्नो नियन्त्रणमा लिएर जङ्गलतिर लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *