अलिपुरद्वारको अस्पताल रोडमा आगलागी हुँदा 2 वटा दोकान जलेर खरानी

अलिपुरद्वार : अलिपुरद्वारको अस्पताल रोडमा आगलागी हुँदा 2 वटा दोकान जलेर खरानी भएको छ। यसको साथै 4 वटा गोदाम पनि क्षतिग्रस्त भएको छ। प्राप्त जानकारी अनुसार आज अस्पताल रोडस्थित एउटा बिल्डिङमा रहेको 2 वटा अटो मोबाइल पार्ट्सको दोकानमा आगो लागेपछि तत्कालै दमकल विभाग तथा पुलिसली खबर गराइयो। घटनाको खबर पाएर दमकलको 3 वटा इञ्जिन घटनास्थलमा पुगेर लगभग 7 घण्टाको कठोर प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। तथापि, आगलागीमा दोकानमा रहेको लाखौँ रुपियाँको सबै समानहरू जलेर खरानी भएको छ। दमकल विभागका ओसी विश्वजीत रायले भने, उक्त बिल्डिङबाट दमकल कर्मीहरूले 13 जना मानिसहरूलाई सकुशल उद्धार गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *