अलिपुरद्वारको बारोबिसा बजारमा आगलागी हुँदा 6 वटा दोकान जलेर खरानी

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको बारोबिसा बजारमा भयावह आगलागी हुँदा 6 वटा दोकान जलेर खरानी भएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार गत अबेर राति लगभग 2 बजेर 30 मिनटमा बारोबिसा बजारमा रहेको एउटा लुगा दोकानमा आगो लागेपछि उक्त आगोले उग्र रूप धारण गरेर छेउको अर्को लुगा दोकान लगायत जुत्ता दोकान, सुनको दोकान र अझ दुईवटा दोकान आगोको चपेटमा परेपछि दोकानहरू जलेर खरानी भएको बताइएको छ। घटनाको खबर पाएर बारोबिसा अग्निशमन विभागको 2 वटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई निभाउने प्रयास गरे तापनि आगोलाई नियन्त्रणमा ल्याउन नसकेपछि तुफानगञ्जबाट दमकलको अझ 2 वटा इञ्जिन घटनास्थलमा पुगेर लगभग 3 घण्टाको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *