अलिपुरद्वारको बारोबिसामा आगलागी हुँदा 4 वटा दोकान जलेर खरानी

अलिपुरद्वार : असम सिमाना नजिक बारोबिसा संलग्न कमर्सियल सेल्स ट्याक्स इलाकामा आगलागी हुँदा 4 वटा दोकान जलेर खरानी भएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति स्थानीय मानिसहरूले आगो लागेको देखेपछि तत्कालै घटनाबारे पुलिस तथा दमकल विभागलाई खबर दिए। घटनाको खबर पाएर बारोबिसा अग्निशमन विभागको एउटा इञ्जिन घटनास्थलम पुगेर आगोलाई निभाउने प्रयास गरियो। यसपछि अलिपुरद्वारबाट अझ एउटा इञ्जिन घटनास्थलमा पुगेर घण्टौँ प्रयासपछि आज एकाबिहानै आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। उक्त आगलागीमा एउटा दवाई दोकान, एउटा रासन दोकान लगायत अन्य 2 वटा दोकान जलेर खरानी भएको छ भने घटनामा लाखौँ रुपियाँको क्षयक्षति भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *