अलिपुरद्वारको विभिन्न इलाकामा हनुमान जयन्ती पालन

अलिपुरद्वार : देशभरिमै आज धुमधामको साथमा हनुमान जयन्ती मनाइरहेको छ। यसै क्रममा अलिपुरद्वार जिल्लाको विभिन्न इलाकामा हनुमान जयन्ती पालन गरियो। कालचिनी ब्लक अन्तर्गत हाँसीमारा इलाकामा पनि आज हनुमान जयन्तीको अवसरमा एउटा शोभायात्रा निकालिइयो। अलिपुरद्वार सहरमा पनि मारवाड़ी ठाकुरबारी कमिटीको तर्फबाट हनुमान जयन्तीको अवसरमा रङ्गारङ्ग शोभायात्रा निकालेर अलिपुरद्वार सहरको विभिन्न इलाकाको परिक्रमा गर्यो। उक्त शोभायात्रामा धेरै सङ्ख्यामा मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *