अलिपुरद्वारको दलगाउँमा सामूहिक विवाहको आयोजना

अलिपुरद्वार : उत्तरबंग राजी पारहा सारना प्रार्थना सभाको पहलमा आज अलिपुरद्वार जिल्लाको दलगाउँ चियाकमानको फुटबल मैदानमा सामूहिक विवाहको आयोजना गरियो। दलगाउँ चियाकमान, तासाटी चियाकमान, वीरपाडा, चाङमारी चियाकमान, न्यु डुवर्स, काठालगुढी चियाकमान लगायत डुवर्सको विभिन्न ठाउँका 30 वटा जोडी आज विवाहको बन्धनमा बाँधिएको बताइएको छ। पुरोहितको मन्त्रोच्चारण साथै सामाजिक स्वीकृतिको साथमा उक्त सामूहिक विवाह सम्पन्न गरियो। उक्त सामूहिक विवाहमा राजी पारहा सारना प्रार्थना सभाकाल सभापति जेरम बारा, सचिव जितेष केरकेट्टा, कोषाध्यक्ष विक्रम मिञ्ज उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *