अलिपुरद्वारको फुटपाथ सौन्दर्यीकरण परियोजनाको विधायकद्वारा उद्घाटन

अलिपुरद्वार : अलिपुरद्वारको सडकको दुवै किनारमा रहेको फुटपाथको सौन्दर्यीकरण गर्ने एसजेडीएले पहल गरेको थियो। उक्त परियोजनाको आज एउटा कार्यक्रमबीच विधायक सौरभ चक्रवर्तीले विधिवत रूपमा उद्घाटन गरे। यस अवसरमा पुलिस सुपर अमिताभ माइती, महकुमाशासक कृष्णाभ घोष, बङ्गरत्न परिमल दे लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए। कार्यक्रममा विधायक सौरभ चक्रवर्तीले अलिपुरद्वार सहरमा धेरैवटा विकासमूलक कार्यहरू भएको साथै एसजेडीएको तर्फबाट लगभग 1 करोड 57 लाख रुपियाँको लागतमा अलिपुरद्वार न्यु टाउन महाकालधामदेखि बाटा मोड, शोभागञ्ज, चौपथी इलाकामा सडकको दुवै किनारमा रहेको फुटपाथको सौन्दर्यीकरण गरिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *