अलिपुरद्वारको जटेश्वरमा हात्तीको ताण्डव 

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको जटेश्वर एक नम्बर ग्राम पञ्चायतको ब्याङकान्डी गाउँमा आज बिहानै एउटा हात्तीले व्यापक ताण्डव मच्चायो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार उक्त हात्तीले इलाकाको एउटा घरमा ताण्डव मच्चाएर घरको देवल भत्काइदिनको साथै घरभित्र राखेको बाइक र स्कुटी पनि क्षतिग्रस्त पारिदिएको छ। यसको साथै घरमा राखेको धान सबै खाइदिएको छ। लगभग एक घण्टासम्म उत्पात मच्चाएपछि उक्त हात्ती जङ्गलतिर गएको बताइएको छ। उक्त घटनाले इलाकामा आतङ्कको माहौल छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *