अलिपुरद्वारको कामाख्यागढीबाट अधिक मात्रामा गाँजा उद्धार

अलिपुरद्वार: आबकारी विभागले 114 किलो 11 ग्राम गाँजा उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार आबकारी विभागले गोप्य सूचनाको आधारमा हिजो साँझ तेतुलतला चौपथी संलग्न इलाकाको 31 नम्बर सी राष्ट्रिय राजमार्गमा नजर राखिरहेको थियो। यसपछि कुमारग्राम ब्लकको कामाख्यागढीको लालपुल इलाका नजिक एउटा सानो वाहन रोकेर राखेको खबर पाएपछि आबकारी विभागले उक्त इलाकामा अभियान चलाएर वाहनमा छानबीन गर्दा 28 प्याकेट गाँजा उद्धार गरे तापनि घटनामा कसैलाई पक्राउ गरिएको छैन। उद्धार गरेको गाँजाको ओजन 114 किलो 11 ग्राम रहेको छ भने यसको अनुमानित बजार मूल्य 11 लाख 41 हजार 100 रुपियाँ बताइएको छ। आबकारी विभागले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *