अलिपुरद्वारको कुमारग्राममा विधायकको घरअघि तृणमूल-को धरना प्रदर्शनलाई लिएर तनाउ

अलिपुरद्वार : चियाश्रमिकहरूको पीएफको मुद्दालाई लिएर तृणमूलले तीन दिनदेखि जिल्लाभरि भाजपा सांसद र विधायकहरूको घर अघि विरोध प्रदर्शन गरिरहेको छ। तृणमूलको यहीँ विरोध प्रदर्शनलाई केन्द्र गरेर आज अलिपुरद्वार जिल्लाको कुमारग्राममा फेरि तनाउको माहौल देखापर्यो। प्राप्त जानकारी अनुसार आज बिहान तृणमूलको विरोध प्रदर्शनको मञ्चमा माइक बजाएकोमा विधायक मनोज उराउले आपत्ति जनाए। त्यस समय प्रधानमन्त्रीको मन कि बात कार्यक्रम सुन्नको लागि विधायकको घरमा धेरैजना मानिसहरू भेला भएका थिए। यसपछि मन कि बात कार्यक्रम सुन्नको लागि विधायकको घरमा पनि माइक लगाइयो। कुमारग्राम थानाका आईसीले विधायकलाई माइक बन्द राख्ने निर्देश दिए। तर विधायकले पहिला तृणमूलको मञ्चमा लगाइएको माइक बन्द गर्नुपर्ने माग गरे। यस विषयलाई लिएर आईसी र विधायकमाझ तर्क वितर्क शुरू भयो। विधायकले आईसीलाई तृणमूलको स्टेजको माइक बन्द गर्नको लागि एक घण्टाको समय दिए। यदि यसो नभएको खण्डमा यसबारे कार्वाही गरिने  विधायकले आईसीलाई बताए। अर्कोतिर, तृणमूलको भनाइअनुसार राज्यको नेतृत्वको निर्देश अनुसार उक्त कार्यक्रम गरिएको हो। साधारण मानिसहरूको माग पुरा नभएको खण्डमा आगामी दिनमा विधायकको घरमा गएर विक्षोभ प्रदर्शन गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *