अलिपुरद्वारको म्याक विलियम हाई स्कुलमा चुनाउ कर्मीहरूको प्रशिक्षण शुरू

अलिपुरद्वार : अलिपुरद्वारको म्याक विलियम हाई स्कुलमा आजदेखि चुनाउ कर्मीहरूको प्रशिक्षण शुरू भयो। जिल्लाको विभिन्न प्रान्तबाट सरकारी कर्मचारीहरू आज उक्त प्रशिक्षण केन्द्रमा आइपुगेका छन्। आउँदो 2021-को विधानसभा चुनाउमा खटाइने सरकारी कर्मचारीहरूलाई आजदेखि उक्त केन्द्रमा चुनाउ विषयमा प्रशिक्षण दिइरहेको छ। कोरोनाको नियमहरू पालन गर्दै आज ती सरकारी कर्मचारीहरूलाई प्रशिक्षण केन्द्रमा प्रवेश गराइयो। जिल्ला प्रशासनका अधिकारीहरूले समय-समयमा प्रशिक्षणको निरीक्षण गरिरहेका छन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *