अलिपुरद्वारको मधु चियाकमानमा हात्तीको ताण्डवले घर तथा दोकान क्षतिग्रस्त

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको बन्द मधु चियाकमान इलाकामा एउटा जङ्गली हात्तीको हमलाले घर क्षतिग्रस्त भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान बक्सा ब्याघ्र प्रकल्पको जङ्गलबाट एउटा जङ्गली हात्ती निस्केर मधु चियाकमान इलाकामा पसेर उत्पात मच्चाएको छ। उक्त हात्तीले मधु चियाकमानको फ्याक्ट्रीको पर्खाल भत्काइदिनको साथै उक्त इलाका निवासी बलिन्दर रजकको घर भत्काइदिएर त्यहाँ राखेको खाद्य सामग्रीहरू पनि खाइदिएको बताइएको छ। यसपछि उक्त हात्तीले प्रशान्त बेगको दोकान भत्काइदिनको साथै दोकानमा राखेको चामल, आलु लगायत अन्य सामग्रीहरू खाइदिएपछि जङ्गलतिर लागेको स्थानीय मानिसहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *