अलिपुरद्वारको माझेरडाबरी कमानमा भालू देखापरेपछि श्रमिकहरू आतङ्कित

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको माझेरडाबरी चियाकमानमा आज बिहान भालू देखापरेपछि स्थानीय मानिसहरू आतङ्कित बनेका छन्। प्राप्त जानकारीअनुसार आजबिहान माझेरडाबरी इलाकामा पसेर एउटा गाईको बाछालाई आक्रमण गरेपछि चियाकमानभित्र प्रवेश गर्यो।


चियाकमानका श्रमिकहरूले उक्त भालूलाई देखेपछि घटनाबारे वन विभागलाई खबर दिएपछि बक्सा ब्याघ्र प्रकल्पका वन कर्मीहरू घटनास्थलमा पुगेर प्रशिक्षण गरिएको दुईवटा हात्तीको सहयोगमा भालूको खोजी शुरू गर्यो। वन कर्मीहरूले ट्र्याङकुलाइजरको सहयोगमा उक्त भालूलाई उद्धार गरेर राजाभातखावामा लगिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *