अलिपुरद्वारको पश्चिम मदारीहाट इलाकामा हात्तीको ताण्डव

अलिपुरद्वार : अलिपुरद्वारको पश्चिम मदारीहाट इलाकामा एउटा जङ्गली हात्तीले ताण्डव मच्चाएर इलाकामा धेरै क्षय-क्षति गरिदिएको छ। प्राप्त जानकारी अनुसार एउटा जङ्गली हात्ती नजिकैको जलदापाड़ा जङ्गलबाट निस्केर उक्त इलाकामा पसेर खेतको फसलहरू नष्ट गर्नको साथै रेलवेको सुरक्षा देवाल पनि भत्काइदिएको बताइएको छ।


हात्तीको ताण्डवले गर्दा स्थानीय मानिसहरू आतङ्कित बने। उक्त इलाकामा धेरै समयसम्म ताण्डव मच्चाएपछि हात्ती फेरि जङ्गलतर्फ लागेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *