अलिपुरद्वारको पानबारीबाट हात्तीको शव उद्धार

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको पानबारीबाट एउटा हात्तीको शव उद्धार भएको छ। स्थानीय मानिसहरूले आज बिहान लगभग 6 बजी मरेको हात्ती देखेपछि यसबारे वन विभागलाई खबर दिए। स्थानीय सूत्रले दिएको जानकारी अनुसार हात्तीको झुण्ड गत राति पानबारी इलाकामा पसेका थिए भने आज बिहान उक्त हात्तीको झुण्ड जङ्गलतर्फ गयो। खाल्डोमा झरेकोले गर्दा नै उक्त गर्भवती हात्ती मरेको हुनसक्ने स्थानीय मानिसहरूले अनुमान लगाएका छन्। वन विभागका अधिकारीहरूले के कारणले गर्दा हात्ती मरेको हो भन्नेबारे जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *