अलिपुरद्वारको संकोश नदीमा नुहाउन जाँदा डुबेका 3 जना किशोरमध्ये  एकजना निखोज

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको संकोश नदीमा नुहाउन गएका तीनजना किशोर नदीमा डुबेपछि तीमध्ये दुईजनालाई उद्धार गरे तापनि एकजना किशोर हालसम्म निखोज छन्। स्थानीय सूत्रले दिएको जानकारीअनुसार उक्त इलाकाका तीनजना किशोर शिवकुमार दास, अनुपम दास र देवाशिष दास आज संकोश नदीमा नुहाउन गएको समय नदीको तीव्र बहाउले बगाएर लगेको बताइएको छ। तथापि, ती तीनजनामध्ये अनुपम र देवाशिषलाई नदीको बहाउले केही टाढासम्म बगाएर लगे तापनि नदी किनारमा गएर अड्किँदा स्थानीय मानिसहरूको सहयोगमा तिनीहरूलाई उद्धार गरेर अलिपुरद्वार जिल्ला अस्पतालमा लगियो। तथापि, तीमध्ये एकजना किशोर शिवकुमारलाई हालसम्म उद्धार गर्न नसकिएको बताइएको छ। घटनाको खबर पाएर सिभिल डिफेन्स टोलीका सदस्यहरू घटनास्थलमा पुगेर शिवकुमारको खोजी शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *