अलिपुरद्वारको उत्तर दलगाउँमा मरेको चितुवा उद्धार

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको उत्तर दलगाउँ बस्ती इलाकाबाट आज बिहान एउटा मरेको चितुवा उद्धार भएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार अन्य दिनहरू झैँ आज पनि स्थानीय मानिसहरू काममा निस्केको समय खेतबारीमा मरेको चितुवा देखेपछि घटनाबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर वन कर्मीहरू घटनास्थलमा पुगेर उक्त मरेको चितुवा उद्धार गरेर लगेको बताइएको छ। के कारणले गर्दा उक्त चितुवा मरेको हो भन्ने विषयमा पोस्टमार्टमपछि मात्र थाहा लाग्ने वन विभाग सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *