अलिपुरद्वारमा बाबुले मत्थु छोरालाई कुट्दा मृत्यु

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको 1 नम्बर ब्लकको तपसीखाता ग्राम पञ्चायतको 6 माइल इलाकामा मातेको अवस्थामा रहेको छोरालाई बाबुले कुट्दा मृत्यु भएको घटना प्रकाशमा आएको छ। मृतक व्यक्ति मिठुन दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार मिठुन दास प्रतिदिन मातेको अवस्थामा घरमा आएर आमा-बाबुमाथि अत्याचार गर्ने गरेकोले गर्दा परिवारका सदस्यहरू तिनीसित वाक्क-दिक्क भइसकेको थियो। गत राति मिठुन दासले अधिक मदपान गरेर आमा-बाबुमाथि अत्याचार गरेपछि विरक्त भएर लगभग 2 बजी तिनलाई बाँधेर राखिदिए। यसपछि मिठुनले नराम्रो गाली गर्न थालेपछि यसको सहन गर्न नसकेर बाबुले छोरालाई कुट्दा तिनको मृत्यु भएको आरोप रहेको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै छोराको हत्या गरेको आरोपमा बाबु परेश दासलाई पक्राउ गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *