अलिपुरद्वारमा बन्दको प्रभाव, जिल्लाभरिमै भाजपा समर्थकहरूद्वारा विक्षोभ तथा पथ अवरोध  

अलिपुरद्वार : भाजपाले डाकेको 12 घण्टा उत्तर बङ्गाल बन्दको अलिपुरद्वारमा पनि प्रभाव परेको देखियो। आज बिहानदेखि भाजपाका कार्यकर्ता तथा समर्थकहरूले अलिपुरद्वार जिल्लाको जयगाउँ, हेमिल्टनगञ्ज, कालचिनी, अलिपुरद्वार लगायत विभिन्न इलाकामा पथ अवरोध गरे। बन्द समर्थकहरूले अलिपुरद्वारको उत्तरबंग राष्ट्रिय परिवहनको डिपो बन्द गरिदिए। आज बिहानैदेखि सरकारी बसहरू लगायत गैर सरकारी बसहरूको चलाचल बन्द रहेको थियो। कालिचिनी इलाकामा पनि भाजपाका समर्थकहरू बन्दको समर्थनमा सडकमा ओर्लिए। भाजपाका कार्यकर्ताहरूले अलिपुरद्वारको चौपथीमा टायर जलाएर विक्षोभ प्रदर्शन गरे। अलिपुरद्वार एक नम्बर ब्लकको विवेकानन्द ग्राम पञ्चायतको लिचु तलामा बन्द समर्थक तथा तृणमूल कार्यकर्ताहरूमाझ हातापाई भएपछि पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याइएको बताइएको छ। अर्कोतिर, फालाकाटा ब्लकको जटेश्वरमा पनि बन्द समर्थकहरू सडकमा ओर्लिएर दोकानपाट बन्द गरिदिए। जटेश्वर बस स्ट्यान्ड इलाका भाजपाका समर्थकहरूले बस रोक्ने प्रयास गर्दा पुलिसले बन्द समर्थकहरूलाई त्यहाँबाट हटाइदिए। बन्द अवधि जटेश्वर उच्च विद्यालय खुल्लै रहेकोले गर्दा उत्तेजनाको माहौल देखापर्यो। पुलिसले केही बन्द समर्थकहरूलाई हिरासतमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes