अलिपुरद्वारमा बाढको स्थितिको निरीक्षण गरे सिँचाई मन्त्री पार्थ भौमिकले

अलिपुरद्वार : उत्तर बंगालमा बाढको स्थितिको निरीक्षण गर्न सिँचाई मन्त्री पार्थ भौमिक आज अलिपुरद्वार आइपुगेका छन्। तिनले सबैभन्दा पहिला अलिपुरद्वारको 1 नम्बर ब्लकको जलदापाडा संलग्न शाल कुमारको सिसमारा नदीको बाँधको निरीक्षण गरे। यसपछि त्यहाँबाट तिनी कालचिनी ब्लकतर्फ प्रस्थान गरे। सिँचाई मन्त्रीले अलिपुरद्वार जिल्लाको भुटान सिमानाको गोबरजती पुल, बासरा नदीको बाँधको निरीक्षण गरेपछि विभिन्न पक्षबारे जानकारी लिए। यस अवसरमा मन्त्री पार्थ भौमिकले भने, भुटानले अवैज्ञानिक रूपमा पहाडको कटाव गरिरहेको छ। भुटानको पहाडबाट त्यहाँको पानी अलिपुरद्वार जिल्लामा प्रवेश गरिरहेको छ। पानी कहाँबाट बग्नेछ भन्ने बारे तिनीहरूकोमा कुनै योजना छैन। भुटानको पानी अलिपुरद्वार जिल्लामा प्रवेश गरेपछि यहाँ बाढको स्थिति उत्पन्न भएको छ। यस सम्बन्धमा केन्द्र सरकारले भुटानसित कुराकानी गरेको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *