अलिपुरद्वारमा छैटौँ श्रेणीको छात्रको शव उद्धार

अलिपुरद्वार : अलिपुरद्वारको 1 नम्बर ब्लकको मध्य मेजबिल गाउँको बुरी तोर्षा नदी किनारबाट पुलिसले छैटौँ श्रेणीको छात्राको शव उद्धार गरेको छ। मृतक छात्र 12 वर्षीय मनोज बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत साँझ साइकल लिएर मेजबिल गाउँमा रासमेला घुम्न गएका थिए भने तिनी राति घर फर्कि नआएपछि परिवारका सदस्यहरूले विभिन्न ठाउँमा तिनको खोजी गरे तापनि कुनै पत्तो लागेन। यसपछि आज मध्य मेजबिल गाउँको बुरी तोर्षा नदीको किनारमा उक्त छात्रको शव उद्धार भएको बताइएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *