अलिपुरद्वारमा चट्याङले मर्‍यो वयस्क हात्ती

अलिपुरद्वार : अलिपुरद्वारको जलदापाडा राष्ट्रिय उद्यान नजिक खाउचाँदपाडा इलाकामा परेको अधिक वर्षासँगै चट्याङले एउटा जङ्गली वयस्क हात्ती मर्यो। प्राप्त जानकारी अनुसार हिजो अबेर राति उक्त इलाकाको खेतमा मकै खान आएको समय वनकर्मीहरूले त्यहाँ जङ्गलतर्फ लखेट्ने क्रममा स्थानीय प्राथमिक स्कुल मैदानमा पुगेपछि अचानक चट्याङले हात्ती घटनास्थलमै मरेको बताइएको छ। वन विभाग सूत्रले दिएको जानकारीअनुसार पोस्टमार्टमको लागि मरेको हात्तीलाई जङ्गलमा लगिएको छ भने त्यसपछि त्यसलाई त्यहीँ दफन गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *