अलिपुरद्वारमा छोराले कुटपीट गर्दा बाबुको मृत्यु

अलिपुरद्वार अलिपुरद्वार जिल्लाको शामुकतलाको पुकुरिया गाउँमा छोराले कुटपीट गर्दा 74 वर्षीय वृद्ध बाबुको मृत्यु भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार गत राति 24 वर्षीय छोरा विधान खडियाले आफ्नो वृद्ध बाबु गाब्रियल खडियालाई कुटपीट गर्दा वृद्ध बाबु अचेत भएपछि आत्मीय तथा छिमेकीहरूको सहयोगमा तिनलाई योशोडाङ्गा ग्रामीण अस्पतालमा भर्ना गरे तापनि उपचाराधीन अवस्थामा तिनको मृत्यु भएको बताइएको छ। यसपछि अस्पताल कर्तृपक्षले शामुकतला थानालाई घटनाबारे जानकारी गराएपछि पुलिस अस्पताल पुगेर शव उद्धार गरेर आज पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाएको छ। अर्कोतिर, पुलिसले आरोपी छोरालाई पक्राउ गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *