अलिपुरद्वारमा डा. बीआर अम्बेदकरको 132औँ जन्मजयन्ती पालन

अलिपुरद्वार : अलिपुरद्वार जिल्ला भरिमै आज डा. बीआर अम्बेदकरको 132औँ जन्मजयन्ती पालन गरियो। आज जिल्लाको प्रत्येक ब्लकमा विभिन्न कार्यक्रमको माध्यमद्वारा डा. भीमराव अम्बेदकरको जन्म जयन्ती पालन गरियो। अलिपुरद्वार शामुकतला इलाकामा पश्चिमबंग सामाजिक न्याय मञ्चको तर्फबाट आज अम्बेदकर जयन्ती पालन गरियो। यस अवसरमा सामाजिक न्याय मञ्चको अलिपुरद्वार 2 नम्बर ब्लक सभापति प्रशान्त विश्वास र सुनील कुमार सिंह लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *