अलिपुरद्वारमा गैँडाको सिङसहित दुईजना पक्राउ

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको चिलापाता नजिक मथुरा मोडको राष्ट्रिय राजमार्गमा अलिपुरद्वार थानाको सोनापुर आउटपोस्ट पुलिसले नाका चेकिङ अवधि गैँडाको सिङ सहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिहरू कुचबिहारको पुन्डीबारी इलाका निवासी क्रमैले अनिर्वान दास र अभिजीत सुत्रधर सामेल छन्। प्राप्त जानकारीअनुसार अलिपुरद्वार थानाको सोनापुर आउटपोस्ट पुलिसले गत राति नाका चेकिङ अवधि दुईजना व्यक्तिमाथि सन्देह लागेपछि रोकेर छानबीन गर्दा एउटा गैँडाको सिङ उद्धार गरेपछि ती दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिसित सोधखोज गर्दा तपसीखाता इलाका निवासी एकजना व्यक्तिले उक्त समान हाँसीमारा पुर्‍याउन दिएकोले आफूहरू बाइकमा सवार भएर हाँसीमारातर्फ गएको बताए। तथापि, उक्त समान के हो भन्नेबारे आफूहरूलाई थाहा नभएको तिनीहरूले बताए। पक्रा परेका दुई व्यक्तिलाई आज अलिपुरद्वार अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *