अलिपुरद्वारमा घर भित्रबाट आमा-छोरीको शव उद्धार, जाँचमा जुट्यो पुलिस

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको भाटीबारी इलाकामा घर भित्रबाट आमा-छोरीको शव उद्धार भएपछि इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार भाटीबारी इलाका निवासी दीपङ्कर साहा हरियाणामा मजदुरको रूपमा काम गर्ने गर्दछन्। तिनको आमा, स्वास्नी र 6 वर्षीय छोरी भाटीबारीमा बस्दै आइरहेका छन्। दीपङ्करको स्वास्नीले आज बिहान धेरै समयसम्म दैलो नखोलेपछि तिनको आमाले बाहिरबाट बुहारीलाई बोलाउन थालिन्। कोठाभित्रबाट कुनै उत्तर नआएपछि तिनले झ्याल खोलेर हेर्दा झुन्डिरहेको अवस्थामा सीमालाई देखिन्। यसपछि परिवारका सदस्यहरूले दैलो भत्काएर कोठाभित्र पसेर हेर्दा मरेको अवस्थामा 6 वर्षीय छोरीको शव पनि भेट्टाए। परिवारका सदस्यहरूको अनुमान अनुसार सीमाले छोरीको हत्या गरेपछि स्वयम्‌ले पनि घाटीमा पासो लगाएर आत्महत्या गरेको हुनसक्छ। घटनाको खबर पाएर भाटीबारी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *