अलिपुरद्वारमा हात्तीको हमलामा 1 जनाको मृत्यु, 1 जना घाइते

अलिपुरद्वार : जङ्गलको बाटो भएर माछा मार्न गइरहेको समय हात्तीको हमलाले एकजना व्यक्तिको मृत्यु भएको छ भने अन्य एकजना गम्भीर रूपमा घाइते भएका छन्। उक्त घटना आज बिहान बक्सा ब्याघ्र प्रकल्पको छिपार जङ्गलमा घटेको हो। मृतक व्यक्ति नारायण घोष र घाइते व्यक्ति सुभाष बर्मनको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान केही मानिसहरू जङ्गलको बाटो भएर नदीमा माछा मार्न गइरहेको समय बाटोमा एउटा जङ्गली हात्तीले हमला गर्दा दुईजना घाइते भएपछि घाइतेहरूलाई उद्धार गरेर कामाख्यागढी ब्लक प्राथमिक स्वास्थ्य केन्द्रमा लगे तापनि चिकित्सकहरूले तीमध्ये एकजनालाई मृत घोषित गरिदिए। अन्य एकजना घाइते व्यक्तिलाई अलिपुरद्वार जिल्ला अस्पतालमा उपचारको लागि पठाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *