अलिपुरद्वारमा झुन्डिएको अवस्थामा पूर्व वनकर्मीको शव उद्धार

कालचिनी (निसं) : कालचिनी ब्लक अन्तर्गत राजाभातखावा इलाकामा पूर्व वनकर्मीको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। मृतक व्यक्ति अनुप बोस (64)-को रूपमा चिन्हित गरिएको छ। तिनी अलिपुरद्वारको पश्चिम जीतपुर इलाका निवासी थिए। स्थानीय सूत्रले दिएको जानकारी अनुसार राजाभातखावा रेञ्ज वन विभाग अन्तर्गत एउटा ब्यारेक नजिक झुन्डिएको अवस्थामा तिनको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर कालचिनी पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *