अलिपुरद्वारमा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

अलिपुरद्वार : अलिपुरद्वारमा एकजना व्यक्तिको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। मृतक व्यक्ति  देबेन दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार स्थानीय मानिसहरूले आज अलिपुरद्वार जिल्लाको मध्य  नाराथाली संलग्न इलाकाको बाँस घारीमा उक्त व्यक्तिको झुन्डिरहेको अवस्थामा शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर कामाख्यागढी चौकी पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.