अलिपुरद्वारमा लोग्नेद्वारा स्वास्नीको हत्या, लोग्ने पक्राउ

अलिपुरद्वार : अवैध सम्बन्धको सन्देहमा लोग्नेद्वारा स्वास्नीको हत्या गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना गत राति भुटान सीमान्त इलाकाको कुमारग्राम चियाकमानमा घटेको हो। मृतक महिला सुनीता महालीको रूपमा चिन्हित गरिएको छ। घटनापछि आरोपी लोग्ने सञ्जय महालीलाई पुलिसले पक्राउ गरेको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार गत राति चियाकमानको फ्याक्ट्रीमा काम सकेर सुनिता ढिलो घर फर्किँदा तिनी र लोग्नेमाझ विवाद शुरू भयो। यसपछि सुनीताले दिनहुँ झैँ खाना पकाउन थालिन्। यस समय लोग्नेले तिनको टाउकोमा कोदालोले हमला गरेर घटनास्थलबाट सुइँकुच्चा ठोके। सुनिताको आवाज सुनेर छिमेकीहरू घटनास्थलमा पुगेर घाइते अवस्थामा सुनितालाई उद्धार गरेर तत्कालै कुमारग्राम चियाकमानको अस्पतालमा लगेपछि त्यहाँबाट अलिपुरद्वार जिल्ला अस्पताल रेफर गरिदिए तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। उक्त घटनापछि सुइँकुच्चा ठोकेका लोग्ने सञ्जयलाई पुलिसले पक्राउ गरेर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *