अलीपुरद्वारमा माछा बोकेको ट्रक पल्टिएपछि लुटपाट गर्नेहरूको घुइँचो  

अलीपुरद्वार (निसं):  राष्ट्रीय राजमार्गमा माछा बोकेको एउटा ट्रक अनियन्त्रित भएर पल्टिँदा माछाहरू सडकभरि छरियो। उक्त घटना पछि स्थानीय मानिसहरूमाझ माछा लुटपाट गर्न तैछाड- मैछाड गरेको देखियो। उक्त घटना अलीपुरद्वार जिल्लाको मेन्दाबारी इलाका अन्तर्गत राष्ट्रीय राजमार्ग- 31 को हो। प्राप्त जानकारी अनुसार माछा बोकेको एउटा ट्रक आन्ध्र प्रदेशबाट असमतर्फ गइरहेको थियो। ट्रक मेन्दाबारी इलाकामा पुग्न साथ अनियन्त्रित भएर सडकको किनारमा पल्टियो। यसैबीच, ट्रकबाट धेरै मात्रामा माछाहरू सडकमा झरेपछि  ती माछाहरू लुटपाट गर्न भेला भएका सयाधिक मानिसहरू घटनास्थलमा तैछाड-मैछाड गरेको देखियो। अर्कोतिर, घटनाको सूचना पाउन साथ पुलिस घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रित गऱ्यो। उक्त घटनामा ट्रक चालक र खलासी दुवै गम्भीर रूपमा घाइते भएका छन्।   


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom