अलिपुरद्वारमा नदीबाट अज्ञात व्यक्तिको शव उद्धार

अलिपुरद्वार (निसं): अलिपुरद्वार जिल्लाको शामुकतला शक्तिनगर संलग्न इलाकामा अज्ञात व्यक्तिको शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले शक्तिनगर धारसी नदीमा उक्त शव देखेपछि घटनाबारे शामुकतला थानालाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। मृतक व्यक्ति चियाकमानको श्रमिक हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ। मृतक व्यक्तिको कम्मरमा प्लास्टिक बाँधेका थिए। नदीमा माछा पक्रने क्रममा तिनको मृत्यु भएको हुनसक्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *