अलिपुरद्वारमा नहरमा डुबेर व्यक्तिको मृत्यु

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको कुमारग्राम ब्लकमा नहरमा डुबेर व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति कुमारग्राम ब्लकमाको तेतुलतला इलाका निवासी रामा महन्त (50)-को रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज दिउँसो रामा महन्त मदपान गरेको अवस्थामा इलाकाको एउटा नहरमा पस्दा डुबेर मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर कामाख्यागढी आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *